images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • मन्त्रिपरिषद् निर्णय, सशस्त्र प्रहरीका चार डिआइजीको...

मन्त्रिपरिषद् निर्णय, सशस्त्र प्रहरीका चार डिआइजीको पदावधि एक वर्ष थप

मन्त्रिपरिषद् निर्णय, सशस्त्र प्रहरीका चार डिआइजीको पदावधि एक वर्ष थप

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौँः मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

    images
    images

    नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडा मगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

    गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि १ वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि ४ वर्षको हुने व्यवस्था छ ।

    images
    images

    चारै जना प्रहरी नायब महानिरीक्षक भएको आजै ४ वर्ष पूरा हुँदैछ । नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) को सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि ४ वर्षपछि १ वर्ष थप गर्न सक्ने उल्लेख छ ।

    यसै व्यवस्था अनुसार आजको मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि १ वर्ष थप गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend