images

२०८३ आश्विन २० गते

images
images
images

काव्य शैलीमा ‘दुखी आत्मा’ को टिजर सार्वजनिक

काव्य शैलीमा ‘दुखी आत्मा’ को टिजर सार्वजनिक

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक भएको छ।  ३ मिनेट १५ सेकेण्डको टिजरमा पीडित युवाको कथालाई प्रस्तुत गरिएको छ। साथै काव्यात्मक र हास्य शैलीमा द्धिअर्थी लाग्ने संवाद शैली प्रयोग छ।

    images
    images

    मुख्य भूमिकामा छन् अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा। फिल्ममा अन्य कलाकार अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे, कवीर काफ्काललगायत कलाकारले अभिनय गरेका छन्।

    फिल्म आगामी फागुन २ अर्थात् प्रेम दिवसको अवसरमा प्रदर्शन हुनेछ। फिल्ममा कवि श्रवण मुकारुङका १० कविता पनि समेटिएको छ। फिल्ममा निर्माता हिमाल कडरिया हुन्। आलोक शुक्लाले छायांकन गरेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ। फिल्म क्लक वर्क क्रियसनको ब्यानरमा बनेको छ।

    images
    images

    यस्ताे छ टिजर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend