images

२०८३ आश्विन २० गते

images
images
images

बालविवाह विरुद्धको फिल्म ‘जुना’को दोस्रो पोस्टर सार्वजनिक

बालविवाह विरुद्धको फिल्म ‘जुना’को दोस्रो पोस्टर सार्वजनिक

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । बालविवाह तथा महिला हिंसाको कथावस्तुमा आधारित फिल्म ‘जुना : एक व्यथा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई चित्रण गरिएको छ  ।

    images
    images

    विवाहित अस्मिताको पात्र काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाइरहेकी छिन् भने कृष्णको पात्र कोहीप्रति रिस व्यक्त गरिरहेको छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् । फिल्ममा देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको समेत अभिनय छ ।

    नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथाविरुद्ध फिल्मका माध्यमबाट आवाज उठाइएको छ ।

    images
    images

    आगामी माघ २५ गते रिलिज तयारीमा रहेको फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन पर्वतको सालिजा ओख्रेनीमा गरिएको छ । जीवन सेन्चुरी निर्देशित फिल्मलाई रामेश्वर हुमागाईंले खिचेका हुन् ।

    फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend