images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम...

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ ।पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्रलगायत नारायणगढ शाखाका अभिकर्ता एवं त्यहाँको कर्मचारी र केही विभागीय प्रमुखसमेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

    images
    images

    तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले प्रस्तुत गरेका थिए ।उक्त तालिममा गैरकानूनी कमाइबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरु के-के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिएका थिए ।

    यसभन्दा पहिले मङ्सिर २७ गते इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम गरिएको थियो ।

    images
    images

    बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend