images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • दोब्र्याउन मिल्ने विश्वकै पहिलो ४५ इन्चको...

दोब्र्याउन मिल्ने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउँदै एलजी

दोब्र्याउन मिल्ने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउँदै एलजी

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजीले दोब्र्याउन सकिने विश्वकै पहिलो ४५ इन्चको मनिटर ल्याउने भएको छ । कम्पनीले नयाँ डब्लूओलेड (WOLED) प्रविधिमा आधारित मनिटर ल्याउने घोषणा गरेको हो । यसअन्तर्गत यही जनवरीमा एलजीले अल्ट्रागियर जीएक्स नाइन सिरिज अन्तर्गत कर्भ्ड प्यानल, वेब ओएस, एन्टी ग्लेयर र लो-रिफ्लेक्सन कोटिङ लगायतका फिचर भएको मनिटर सार्वजनिक गर्नेछ । यी फिचरले मनिटरलाई डेस्कमा जहाँ राखे पनि हेर्न सहज बनाउने दाबी गरिएको छ ।

    images
    images

    यो मनिटर ४५ इन्चको छ भने‍ रेजोलुसन फाइभकेटुके (5K2K) पिक्सेल रहेको छ । दोब्र्याउन सकिने स्क्रिन भएको मनिटरलाई एक सेकेन्डमै ९०० आर कर्भेचरमा मोड्न सकिने कम्पनीले जनाएको छ । २०२३ मा एलजीले ३२ इन्चको अल्ट्रागियर ओलेड मनिटर सार्वजनिक गरेको थियो । त्यही मनिटर यो नयाँ मोडेलमा पनि डुअल मोडको रूपमा रहेको छ । यसले गर्दा रेजोलुसन र रिफ्रेस रेटलाई बटन थिचेकै भरमा परिवर्तन गर्न सकिन्छ । 

    यसको जीटीजी रेस्पोन्स टाइम ०.०३ मिलिसेकेन्ड रहेको छ । गेमिङका लागि मनिटर खरिद गर्न खोज्नेले यसमा अन्य मनिटरभन्दा स्मुथ गेमिङ अनुभव पाउनेछन् । यदि दोब्र्याउन सकिने मनिटर तपाईँलाई चाहिएको छैन भने एलजीसँग तपाईँका लागि अर्को विकल्प पनि छ । त्यो हो, एलजी अल्ट्रागियर ओलेड गेमिङ मनिटर । यसको साइज पनि ४५ इन्चकै रहेको छ । यसमा २१ः९ फर्म्याट, फाइभकेटुके (5K2K) पिक्सेल रेजोलुसन र अल्ट्रा स्लिम बेजल रहेको छ । एलजीका अनुसार यस मनिटरमा डिस्प्ले  पोर्ट २.१ र एचडीएमआई २.१ दिइएको छ । 

    images
    images

    यसमा ९० वाट पावर डेलिभरीसहित यूएसबी-सी पोर्ट समावेश गरिएको छ । कम्पनीका अनुसार एए,सी फ्रिसिङ्क र एनभिदिया जी-सिङ्क जस्ता सिस्टमबाट यो सर्टिफाइड छ । सानो (र सम्भवतः सस्तो) विकल्प खोज्ने ग्राहकका लागि कम्पनीले ३९ इन्चको एलजी अल्ट्रागियर ३९ जीएक्स ९०एसए ल्याउने जनाएको छ । २१ः९ रेसियोको कर्भ्ड डिस्प्ले रहेको यस मनिटरमा ओलेड प्यानल रहेको छ । यी सबै मनिटर यही जनवरीमा सार्वजनिक हुने बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend