images

२०८३ आश्विन २० गते

images
images
images

पुस २१ गते बाट बराहक्षेत्रमा विवाह महोत्सव हुने

पुस २१ गते बाट बराहक्षेत्रमा विवाह महोत्सव हुने

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • सुनसरी– बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । 

    images
    images

    विवाह महोत्सव अन्तर्गत पुस २१ गते  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने भएको छ । पुस २२ गते धरणीलाई वराह मन्दिर पुर्‍याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिने भण्डारीले जानकारी दिए । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने भएको छ । 

    पण्डित भण्डारीका अनुसार लीलाविग्रहमा समेत लक्ष्मीजीका साथमा नारायण, सीताका साथमा राम, राधाजीका साथमा कृष्ण, पद्मावतीका साथमा वैङ्कटेस, रङ्गनायकीका साथमा रङ्गनाथ भगवान् साथमा भए झैँ धरणीका साथमा सदासर्वदा वराह रहको मान्यता छ ।  

    images
    images

    विवाह महोत्सवको अन्तिम तयारी पूरा भएको पण्डित भण्डारीको भनाइ छ । महोत्सवको समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय भएको छ । तीन हजार वर्षअघिको इतिहास बोकेको बराहक्षेत्र मन्दिर हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार बराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend