images

२०८३ आश्विन १८ गते

images
images
images

३ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक,लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकमा

३ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक,लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकमा

images
images
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
अर्थ समाचार
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ।

    images
    images

    बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

    images
    images

    बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६–६ महिनाको अवधिमा हुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend