images

२०८३ आश्विन १९ गते

images
images
images

पाँचतारे होटल ह्यात प्लेसको ब्रान्ड परिवर्तन

पाँचतारे होटल ह्यात प्लेसको ब्रान्ड परिवर्तन

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएर ‘ह्यात सेन्ट्रिक’ भएको छ ।ह्यात प्लेस सञ्चालक सिटी होटल लिमिटेडले होटलको ब्रान्ड परिवर्तन गरी ह्यात सेन्ट्रिक बनाइएको जानकारी नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई पत्रमार्फत दिएको छ ।

    images
    images

    यसअघि सिटी होटल लिमिटेडले ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गर्दै आएको थियो ।१० रोपनी क्षेत्रफल ओगटेको ह्यात सेन्ट्रिकमा १ सय ५३ कोठा सञ्चालनमा छ । सबै कोठा नेपाली सांस्कृतिक वातावरण झल्को दिने गरी बनाइएको छ ।होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर लगायत सुविधा उपलब्ध छ ।

    नेपालको आतिथ्यता क्षेत्रमा ह्यात सेन्ट्रिकले नयाँ अवधारणा सुरु गरेको कम्पनीले जनाएको छ ।सिटी होटलको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारी छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend