images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • दीपलले २९ महिनामा बेच्यो चार लाख...

दीपलले २९ महिनामा बेच्यो चार लाख कार, २०२५ का लागि बढायो लक्ष्य

दीपलले २९ महिनामा बेच्यो चार लाख कार, २०२५ का लागि बढायो लक्ष्य

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । दीपलले आफ्ना गाडीको चार लाख युनिट बिक्री पूरा गरेको बताएको छ । चिनियाँ कम्पनी चांगन अटोमोबाइल्सले २९ महिनामा यो आँकडा हासिल गरेको बताएको छ ।

    images
    images

    कम्पनीले डिसेम्बर ३० मा चार लाख गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो । गत अक्टोबरमा कम्पनीले तीन लाख गाडी बिक्री गरेको थियो ।

    यसले दुई महिनामै थप एक लाख गाडी बिक्री गरेको देखाएको छ ।सन् २०२२ मा एसएल ०३ सेडानबाट विद्युतीय गाडी (ईभी) बिक्री थालेको दीपलले २०२३ को सेप्टेम्बरसम्म एक लाख गाडी बिक्री गरेको थियो ।

    images
    images

    कम्पनीको दोस्रो मोडल दीपल एस७ का दश हजार युनिट ३५ दिनमै बिक्री भएको थियो । हाल दीपलका एसएल ०३, एस०७ (पूरा एस७), जी३१८, एल०७ र एस ०५ गरी पाँच मोडल बजारमा उपलब्ध छन् ।दीपलले सन् २०२५ मा कम्तिमा पाँच लाख गाडी बिक्रीको लक्ष्य राखेको छ । जसमा चार लाख स्थानीय बजारमा र एक लाख विदेशमा बिक्री गर्ने लक्ष्य छ ।

    सन् २०२५ को अन्त्यसम्म ८१ देशमा गाडी बिक्री गर्ने लक्ष्य कम्पनीको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend