images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन...

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने बुधवार अन्तिम दिन

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने बुधवार अन्तिम दिन

images
images
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासनमा आएको छ । 

    images
    images

    यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछन् ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रबद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गरेको हो ।

    images
    images

    हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जुन रेटिङ्गले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । अनलाईन आवेदनका लागि मेरो शेयर अनलाईन पनि प्रयोग गर्न सकिनेछ ।

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend