images

२०८३ आश्विन २० गते

images
images
images

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा, दुई लाख पर्यटक भित्र्याउने

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा, दुई लाख पर्यटक भित्र्याउने

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । पहाडकी रानीका नामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ हुने भएको छ।पर्यटन प्रबर्द्धनमार्फत् बन्दीपुरका नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी वृद्धि तथा आर्थिक गतिविधि थप चलायमान बनाउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।

    images
    images

    भ्रमण वर्षलाई भव्य रुपमा सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैंश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरिरकेको छ।गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको बताए ।

    अध्यक्ष थापाले भने, ‘प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवम् सु-संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटकको संख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो ।’सचिवालय संयोजक पर्यटन वैंश गुरुङका अनुसार भ्रमण वर्षमार्फत् स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रबर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना छ।

    images
    images

    ‘भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना छ,’ उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर ल्याउने लक्ष्य हो ।’गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिनको बनाइनेछ। साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइनेछ।

    हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)छन्। समग्र गाउँपालिकामा दैनिक एक हजार सात सय जना अट्ने क्षमताका एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् ।यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी वृद्धिका साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनले बताए ।

    ‘भ्रमण वर्षमार्फत् पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ,’ उनले भने ।भ्रमण वर्षमार्फत् सांस्कृतिक सम्पदा संरक्षणसहित ऋतुअनुसारको प्याकेज तयार गरिने भएको छ । सांस्कृतिक, धार्मिक एवम् ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन हुने आफूहरूको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए।भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ।अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबाट अपेक्षा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend