images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बाढीपहिरोको क्षतिका कारण हालसम्म पौने १३...

बाढीपहिरोको क्षतिका कारण हालसम्म पौने १३ अर्ब को बीमा दाबी, कुनमा कति ?

बाढीपहिरोको क्षतिका कारण हालसम्म पौने १३ अर्ब को बीमा दाबी, कुनमा कति ?

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं । बाढीपहिरोबाट भएको क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म पौने १३ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार गत पुस ११ गतेसम्म निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ६ सय ७६ वटा दाबीको १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बीमा दाबी परेको हो । 

    images
    images

    यसमध्ये हालसम्म बीमा कम्पनीहरुले १ हजार ७ सय २० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन्। यो कुल दाबीको ११.८१ प्रतिशत रहेको छ ।  प्राधिकरणका अनुसार यो अवधिमा सर्वाधिक दाबी भुक्तानी  गर्नेमा शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले कुल ३१ करोड ३८ लाख ६८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो । कम्पनीमा १ अर्ब ८१ लाख ५४ हजार बढीको दाबी परेको छ । सिद्धार्थ प्रिमियरले पनि ३० करोड ३५ लाख १९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले २० करोड ४३ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।

    त्यस्तै ,हिमालयन एभरेष्टले १३ करोड ६२ लाख ६८ हजार, सानिमा जिआइसीले १३ करोड २१ लाख ७७ हजार, आइजीआई प्रुडेन्सियलले ११ करोड ६५ लाख ५३ हजार, नेकोले १० करोड ३४ लाख, एनएलजीले ८ करोड ४ लाख, ओरियण्टलले ५ करोड ३ लाख, युनाईटेड अजोडले २ करोड ६४ लाख, नेपाल इन्स्योरेन्सले २ करोड १३ लाख, नेशनलले १ करोड ८५ लाख रुपैयाँ भुक्तानी दिएका छन् ।राष्ट्रिय बीमा कम्पनीले भने अहिलेसम्म भुक्तानी दिएको छैन् । कम्पनीमा कुल २० करोड ७३ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend