images

२०८३ आश्विन २५ गते

images
images
images

पोखरा महानगरपालिकाको बजेट पारीत

पोखरा महानगरपालिकाको बजेट पारीत

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • काठमाडौँ-  पोखरा महानगरपालिकाको आगामी आर्थिक २०८१र८२ को बजेट कार्यक्रम आइतबार पारित भएको छ ।

    images
    images

    महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गत असार १० गते १५ औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम नगरसभामा छलफलपछि सुझाव सहित पारित भएको हो । महानगरले आगामी आवका लागि रु सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । उपप्रमुख गुरुङले नगरसभामा दफावार छलफलपछि बजेट कार्यक्रम पारित भएको जानकारी दिइन् ।

    नगरसभामा बजेट पेस भएपछि यही असार २९ र ३० गते छलफल भएको हो । यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदानबाट रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रहेको छ ।

    images
    images

    सङ्घीय राजस्व बाडँफाँटबाट रु ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँट रु नौ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रु ५४ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ । महानगरपालिकाले बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृङ्खला सबलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।

    सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम ९स्टार्टअप० प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणमा जोड दिएको छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend