images

२०८३ आश्विन २५ गते

images
images
images

चालू आर्थिक वर्षमा मधेस प्रदेसको बजेट खर्च ५६ प्रतिशत

चालू आर्थिक वर्षमा मधेस प्रदेसको बजेट खर्च ५६ प्रतिशत

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • धनुषा – मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको छ ।

    images
    images

    सरकारले गएको आर्थिक वर्षको तुलनामा यस वर्ष एक दशमलव ६६ प्रतिशत कम बजेट खर्च गरेको हो । गएको आर्थिक वर्षमा चालुतर्फ १० अर्ब ७७ करोड ७६ लाख १२ हजार दुई सय ४० अर्थात् ५१ दशमलव ९४ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब २२ करोड ४७ लाख ९९ हजार छ सय ४४ मधेस सरकारले खर्च गरेको थियो । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend