images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • मंसिर मसान्तसम्ममा ४५ हजार बीमितले...

मंसिर मसान्तसम्ममा ४५ हजार बीमितले त्यागे बीमा पोलिसी, कुनको कति ?

मंसिर मसान्तसम्ममा ४५ हजार बीमितले त्यागे बीमा पोलिसी, कुनको कति ?

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमा ६ अर्ब माथिको बीमा पोलिसी सरेण्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी वापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

    images
    images

    यस अवधिमा सर्वाधिक बीमा पोलिसी सरेण्डर एलआईसी नेपालको भएको छ । मंसिर मसान्तसम्ममा ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी वापत १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा १० हजार ३ सय १७ वटा बीमा पोलिसी वापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

    राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । एशियन लाइफको ३ हजार ७५२ वटा बीमा पोलिसी वापत ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी वापत ३७ करोड ११ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । 

    images
    images

    सूर्यज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी वापत ३२ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसी वापत २८ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । मेट लाइफको १५ सय १६ वटा बीमा पोलिसी वापत १७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी वापत १० करोड ९५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

    आइएमई लाइफको ७६३ वटा बीमा पोलिसी वापत ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ११०८ वटा बीमा पोलिसी वापत ८ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसी वापत ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसी वापत ४ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसी वापत २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend