images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा...

चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर पेट्रोलियम पदार्थ आयात

चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर पेट्रोलियम पदार्थ आयात

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  •  चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । 

    images
    images

    भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठसम्म मुलुकबाट एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँ बराबरको वस्तुु निर्यात हुुुँदा दुुई खर्ब ७३ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

    कुुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत रहेको छ । ११ महिनामा आयातनिर्यात दुवैमा गिरावट आएको छ । मुुलुकमा उत्पादन नहुुने पेट्रोलियम पदार्थ छिमेकी मुलुुुकबाट आयात हुने गर्छ । चालुु आवको ११ महिनामा दुई खर्ब ७३ अर्ब ४३ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको सोही अवधिको तुुलनामा आठ अर्ब रुपियाँले इन्धन आयातमा कमी आएको छ । 

    images
    images

    बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा समेत कमी आएको हो । गत आवको ११ महिनामा दुुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ । विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपियाँको डिजेल आयात भएको छ । कुुल निर्यातकै हाराहारीमा डिजेल आयात भएको छ । 

    यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपियाँको पेट्रोल आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपियाँको हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ अर्ब ७२ करोड ६७ लाख रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ । 

    स्थानीय बजारमा डिजेल र ग्यासको खपत घट्दा पेट्रोलियम पदार्थको आयातमा सामान्य कमी भएको विभागको तथ्याङ्क छ । विद्युतीय इन्डक्सनको चुुलोको प्रयोगले गर्दा ग्यासको खपतमा सामान्य कमी आएको छ । यस्तै विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा डिजेलको खपतमा समेत कमी आएको निगमको तथ्याङ्कले देखाएको छ । 

    नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार ११ महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सात प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि जेठ महिनासम्ममा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७५.७५ अमेरिकी डलर रहेकोमा कच्चा पेट्रोलियमको मूूल्य चालुु आवको ११ महिनामा ७.६ प्रतिशतले बढेर प्रतिब्यारेल ८१.४९ अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्ने गर्छ । 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend