images

२०८३ आश्विन २१ गते

images
images
images

२०८३ मा सञ्चालन गर्ने गरी भैरहवामा खुल्दैछ क्यान्सर अस्पताल

२०८३ मा सञ्चालन गर्ने गरी भैरहवामा खुल्दैछ क्यान्सर अस्पताल

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • लुम्बिनी । रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल निर्माण हुने भएको छ।  २०८३ मा सञ्चालन गर्ने गरी भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागिएको हो। करिव १ करोड ५० लाख रुपैयाँको लागतमा २.५ बिगाहा क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ।

    images
    images

    संयुक्त राज्य अमेरिका (यूएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा. सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र अर्जुन पौडेलको लगानीमा अस्पताल निर्माणको तयारी भएको हो। पश्चिम नेपालमा क्यान्सर रोगको उपचारको लागि अस्पताल आवश्यकता देखिएकाले अस्पताल निर्माण गर्न लागिएको सञ्चालक अर्जुन पाैडेलले जानकारी दिए।

    अत्याधुनिक उपकरण तथा सुविधासहित संचालन हुने यस अस्पतालको नाम सुमित्रा मेमोरियल क्यान्सर अस्पताल राखिएकाे छ। पौडेलका अनुसार २०७६ साल माघमा आमा सुमित्रा उपाध्यायको क्यान्सरकै कारणले निधन भएपछि उनकै सम्झनामा अस्पताल निर्माण गर्न लागिएको हो।

    images
    images

    थाइलेण्ड, बंगलादेश, भारत र संयुक्त राज्य अमेरिका (युएसए) मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालहरूमा पुगेर अध्ययन गरेर अस्पताल निर्माण थालिएकाे सञ्चालक पाैडेले बताए। अस्पताल सय बेड क्षमताको हुनेछ। सिद्धार्थनगर सिटी अस्पतालका सञ्चालकसमेत रहेका पाैडेलले साेही अस्पतालकाे अंगको रुपमा क्यान्सर अस्पताल संचालनमा ल्याउन लागेको बताए।

    अहिले पनि क्यान्सर रोगको उपचारको लागि नेपालका पश्चिम क्षेत्रका नागरिकहरू काठमाडौं, चितवन अथवा भारत पुग्नुपर्ने बाध्यता रहेको छ। क्यान्सर रोगका बिरामीहरू आफैमा एकदमै कमजोर हुने हुनाले टाढा जानुपर्ने बाध्यात्मक परिस्थितीका कारण दुख पाउने गरेका छन्। सोही कुरालाई मध्यनजर गर्दै क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको डा. सागर पोखरेल बताउँछन्।अस्पतालमा क्यान्सर रोगबाट परिवारको सदस्य गुमाएका तथा क्यान्सर पीडितको परिवारले पनि लगानी गर्न मिल्ने व्यवस्था मिलाइएको उनीहरूको भनाइ छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend