images

२०८३ आश्विन २५ गते

images
images
images

भारतबाट चिनी आयात गर्न १० वटा उद्योगले पाए अनुमति

भारतबाट चिनी आयात गर्न १० वटा उद्योगले पाए अनुमति

images
images
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
अर्थ समाचार
आइतवार, आषाढ ३० २०८१
  • काठमाडौँ । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका छन् । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको हो । 

    images
    images

    उद्योग विभागले एक सूचना जारी गर्दै नेपाल स्थित एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि दुहवी, सुनसरीलाई चिनी आयातको अनुमति प्रदान गरिएको हो । 

    यसैगरी क्वालिटी कन्फेक्सनरी प्रालि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि भद्रपुर, झापा र सुजल फुड्स प्रालि पोखरा, कास्कीलाई चिनी आयातको अनुमति प्रदान गरिएको विभागले जनाएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend