images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी ४ मा हुने

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी ४ मा हुने

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नयाँ वर्ष २०२५ को सुरूमै माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने भएको छ ।

    images
    images

    नासा नेपालको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा २०२५ जनवरी ४ मा उक्त इभेन्ट हुनेछ । सो फेस्टिभल अन्तर्गत अटोक्रस कम्पिटिसन, अटो जिमखाना, कार्टिङ कप, क्वाड बाइक च्यालेन्ज र स्टन्ट शो गरी ५ क्याटेगोरीमा प्रतियोगिता हुनेछ ।

    नेपालमै पहिलो पटक हुने क्वाड बाइक च्यालेन्जमा क्वाड बाइकको कम्पिटिसन सम्बन्धी रुल र गाइडलाइन समेत सार्वजनिक गरिने छ । स्टन्ट शो अन्तर्गत संघले घोषणा गरेको कार्ययोजना स्टन्ट ब्याटलको घोषणा गरिने र कार्यविधि सार्वजनिक गरिने छ । त्यसैगरी नेपालमै मोडिफाई गरिएको क्रसकारको कम्प्लिट रेसिङ अटोक्रसमा नासा नेपालका नेसनल लाइसेन्स प्राप्त डाइभरहरुले पहिलो पटक भाग लिने छन् ।

    images
    images

    अटो जिमखानाका दुई जना विजेतालाई अन्तर्राष्टिय सहभागिताको अवसर प्रदान गरिने छ । अटो जिमखाना, क्रसकार र कार्ट्स गरी तीन खेलका विजेताहरुले क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँकी दुई इभेन्टका विजेताले अवार्ड र सर्टिफिकेट पाउने छन् ।अटो जिमखाना र क्रसकारका सहभागीहरु नेसनल डाइभिङ लाइसेन्स प्राप्त, अटोक्रस तालिम प्राप्त, राष्ट्रिय अन्तर्राष्ट्रिय इभेन्टका सहभागी तथा विजेताहरु नै संलग्न हुनेछन् । सहभागीहरुले ५ मध्ये कुनै २ इभेन्टमा प्रतिस्पर्धा गर्न सक्ने छन्, जसको दर्ता शुल्क तीन हजार रुपैयाँ हुनेछ भने प्रति इभेन्टको दुई हजार मात्र हुनेछ ।अटोक्रसमा १० जना तथा अटो जिमखानामा बढीमा २० जनाले मात्र सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

    अटो जिमखानामा विशेषगरी युवा विद्यार्थीहरुलाई केन्द्रित गरिने संघले छ । कार्टिङको तालिम लिएका, कुनै एक इभेन्टमा सहभागी भएका र नासा नेपालको लाइसेन्स होल्डर युवाहरुले सहभागिताको अवसर पाउने छन् । काठमाडौं विश्वविद्यालय, काठमाडौं इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र पुल्चोक इन्जिनियरिङ कलेज लगायतका कलेजहरुले यसमा सहभागिता जनाउने छन् । यसमा बढीमा २० जना प्रतियोगी सहभागी हुन सक्नेछन् ।

    झन्डै १० वर्ष अगाडि देखि शुरु भएको हिमालयन मोटरल्यान्डमा नासा नेपालको गर्ने यो अन्तिम इभेन्ट हुने नासा नेपालले जनाएको छ । यसबारे पूर्व सहमति नै भइसकेको नासा नेपालले जनाएको छ ।संघले आगामी दिनमा यसअघि नै हेटौडाको गौरीटार, सुर्खेत स्टेडियम क्षेत्र, चितवन, पोखरा र काठमाडौं उपत्यका भित्रै आफूलाई केन्द्रित गर्ने बताइसकेको छ ।माउन्ट एभरेष्ट मोटर स्पोर्ट फेस्टिभल र नासा नेपालको रजिष्टेसन गर्नका लागि सोही कार्यक्रमको सन्दर्भ पारेर जनवरी ३ मा एड्भान्स्ड मार्सल तथा इभेन्ट म्यानेजमेन्ट वर्कशप धुलिखेलमा आयोजना गरिने छ । सो वर्कशपमा क्यालेन्डर अनुसारको इभेन्टको डिजाइन, कम्युनिकेसन र इभेन्ट संचालन विधि तथा प्रयोगात्मक कार्यहरु सिकाइने छ ।

    त्यसैगरी हालसालै अन्तर्राष्टिय मोटरसाक्लिङ फेडरेसन (एफआईम) द्वारा प्राप्त विमेन इन मोटरसाइक्लिङ अवार्डको सेलिब्रेसन कार्यक्रम समेत सोही दिन आयोजना गरिने नासा नेपालले छ । सो अवसरमा युथ र इमर्जिङ लिडरसिपका लागि मेन्टरिङ कार्यक्रमको समेत घोषणा गरिने छ ।एफआईएको सहयोगमा नेपालमा संचालन भइरहेको मोटर स्पोर्ट्स सम्बन्धी सहयोग कार्यक्रम अन्तर्गत प्राप्त विभिन्न इक्विपमेन्ट तथा औजार उपकरणहरुको समेत सो फेस्टिभल सन्दर्भमा प्रयोग शुभारम्भ गरिने छ ।एफआईए, एफआईएम, प्रदेश खेलकुद परिषद बागमती तथा विभिन्न कर्पोरेट क्षेत्रको समेत साथ, समर्थन र सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ ।

    यस सम्बन्धी रिजष्ट्रेसनका लागि माउन्ट एभरेष्ट मोटर स्पोर्ट फेस्टिभल तथा नासा नेपालका सोसल मिडिया र अन्य प्लेटफर्म प्रयोग गर्न सकिन्छ ।संसारको एक मात्र अटोमोबाइल तथा मोटर स्पोट्र्सको महासंघ फेडरेसन एफआईए तथा मोटरसाइक्लिङको विश्वव्यापी गभर्निङ बडी एफआईएमको नेसनल अथोरिटीको रुपमा विगत १५ वर्ष देखि नेपालमा क्रियाशील नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले यसै साता मात्र वार्षिक तथा आवधिक क्यालेन्डर तयार गरी राखेपमा पेश गरेको छ ।मोटर स्पोट्र्स कमिसन, कार्टिङ तथा ग्रासरुट कमिसन, क्वाडबाइक तथा क्रसकार कमिसन लगायतको व्यवस्थापनमा हुने सो कार्यक्रमको विभिन्न सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

    संसारमा मोटर स्पोट्र्सका दर्जनौ लोकप्रिय विधाहरु मध्ये नेपालमा अटो जिमखाना, कार्टिङ सलालम, अटोक्रस तथा ई–स्पोट्र्स र र्याली तथा टुरिङका इभेन्टहरु फोर ह्विलरमा लोकप्रिय भइरहेका छन् भने टु ह्विलरतर्फ फ्ल्याट रेसिङ, रोड रेसिङ, मोटोक्रस, मोटो जिमखाना तथा र्यालिङ र टुरिङका इभेन्टहरु लोकप्रिय छन् ।तिनीहरूलाई नासा नेपाल तथा यससँग आवद्ध संघ संस्था तथा क्लबहरुले आयोजना गरिरहेका छन्, जसको निरीक्षण, सुपरिवेक्षण तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय तथा पुरस्कार र कारवाही जस्ता कार्यमा नासा नेपाल देशभर क्रियाशील रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend