images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • कात्तिकसम्ममा जीवन बीमा क्षेत्रबाट झन्डै ५...

कात्तिकसम्ममा जीवन बीमा क्षेत्रबाट झन्डै ५ अर्बको बीमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

कात्तिकसम्ममा जीवन बीमा क्षेत्रबाट झन्डै ५ अर्बको बीमा पोलिसी सरेन्डर,कुन कम्पनीको कति ?

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । बीमा पोलिसी सरेन्डर दर निरन्तर बढेको पाइन्छ । नेपाल बीमा प्राधिकरणका आँकडा अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिक) मा झन्डै ५ अर्ब बराबरको बीमा सरेन्डर भएको छ । 

    images
    images

    यो अवधिमा ३५ हजार ९८५ वटा जीवन बीमा पोलिसि सरेन्डर गरेर बीमितहरुले चार अर्ब ८२ करोड ४६ लाख ६६ हजार रुपियाँ लगेका छन् ।

    कुन महिनामा कति ?

    images
    images

    कात्तिकमा मात्रै १ अर्ब ५० लाख रुपियाँ बराबरको ७ हजार ९ सय २८ वटा पोलिसी सरेन्डर भएको छ ।  साउनमा १अर्ब ५४ करोड ११ लाख रुपियाँ बराबरको १० हजार २ सय ९२ वटा, भदौमा १ अर्ब २१ करोड २२ लाख रुपियाँ बराबरको ९ हजार ४४९ वटा र असोजमा १ अर्ब ७ करोड १३ लाख रुपियाँ बराबरको १ हजार ३ सय १६ वटा पोलिसि सरेन्डर भएको थियो । 

    कुन कम्पनीको कति ?

    सरेन्डर रकम लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेपाल लाइफको सबैभन्दा धेरै रहेको छ । यो अवधिमा एलआइसी नेपालको कुल १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको १० हजार ४८ वटा पोलिसी बन्द भएका छन् भने नेपाल लाइफको १ अर्ब ३७ करोड ४० लाख ४५ हजार रुपैयाँ बराबरका ८ हजार ४०८ वटा बीमालेख बन्द भएका छन् । 

    यस्तै, यो अवधिमा राष्ट्रिय जीवन बीमाको ३७ करोड ४१ लाख रुपैयाँ बराबरको ३ हजार ८७५ वटा बीमालेख, नेशनलको २९ करोड ३१ लाख बराबरको १ हजार ६२३, एशियनको २७ करोड ९६ लाख बराबरको २ हजार ६२३ वटा, सूर्यज्योतिको २३ करोड ११ लाख बराबरको १ हजार ९१० वटा, हिमालयनको २२ करोड ७४ लाख बराबरको २ हजार ४९८ वटा र मेट लाइफको १३ करोड ५३ लाख रुपैयाँ बराबरको १ हजार २४५ वटा बीमालेख सरेन्डर भएका छन् ।

    यस्तै, सानिमा रिलायन्स लाइफको ९ करोड ३१ लाख, आइएमई लाइफको ६ करोड ५४ लाख, सिटिजनको ६ करोड ५२ लाख, प्रभू महालक्ष्मीको ५ करोड ४९ लाख, रिलायवल नेपालको ३ करोड ६३ लाख र सन नेपाल लाइफको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएका छन् ।बीमितले ५, १०,१५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसी बन्द गर्न सक्नेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend