images

२०८३ आश्विन २० गते

images
images
images

सौराहामा १८औँ हात्ती तथा पर्यटन महोत्सव सुरु

सौराहामा १८औँ हात्ती तथा पर्यटन महोत्सव सुरु

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • भरतपुरः चितवन, चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबार देखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

    images
    images

    क्षेत्रीय होटेल सघं नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे । सो अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तु मैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनु पर्नेमा जोड दिए।

    उनले नेपालको सफारी पर्यटनलाई धानेको सौराहामा गरिएको हात्ती महोत्सवको विरोध गर्नुको कुनै तुक नरहेको बताए। महोत्सव उद्घाटन अघि बृहत् झाँकी सहितको र्‍याली निकालिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार टिकट काउन्टर देखि सुरु भएको शोभा यात्रा महोत्सवस्थल बाघमारा चौर पुगेर समापन भएको थियो ।

    images
    images

    झाँकीमा विभिन्न जातजातिका भेषभूषामा सजिएका महिलाको उपस्थिति थियो भने शोभा यात्रामा हात्ती समावेश थियो । महोत्सवको पहिलो मैत्रीपूर्ण हात्तीको फुटबल पेनाल्टी सुट आउट खेलाइएको थियो ।

    पुस १५ गते सम्म चल्ने महोत्सवमा हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको साँस्कृतिक प्रस्तुति रहने महोत्सव संयोजक राम कुमार अर्यालले जानकारी दिए ।

    व्यवसायीले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गते सम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend