images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १७ अर्ब...

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १७ अर्ब १७ करोड,कसको कति ?

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १७ अर्ब १७ करोड,कसको कति ?

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म १७ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।यस अवधिमा बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

    images
    images

    कुनको कति ?

    नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्मको अवधिमा सबै भन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रहेको छ । यस अवधिमा कम्पनीले २ अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।

    images
    images

    दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एक अर्ब ७६ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सले १अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    त्यस्तै, तेस्रोमा आईजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ,नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ,हिमालयन एभरेष्टले १ अर्ब ४० करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

     एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ, दि ओरिएण्टलले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र यूनाइटेड अजोडले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ ,सानिमा जिआईसीले ९९ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend