images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • एमएडब्लू वृद्धिले भक्तपुर गट्ठाघरमा सोकोन शोरुम...

एमएडब्लू वृद्धिले भक्तपुर गट्ठाघरमा सोकोन शोरुम विस्तार

एमएडब्लू वृद्धिले भक्तपुर गट्ठाघरमा सोकोन शोरुम विस्तार

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्शियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको उद्घाटन गरेको छ ।यसले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टता प्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको दाबी कम्पनीले गरेको छ ।

    images
    images

    २५ डिसेम्बर, क्रिसमस डे को विशेष अवसर पारेर एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायतको उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको हो  ।

    भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधा सम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने बताइएको छ ।

    images
    images

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघार वटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend