images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • कावासाकीको...

कावासाकीको डबल पर्पस मोटरसाइकल सार्वजनिक

कावासाकीको डबल पर्पस मोटरसाइकल सार्वजनिक

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • काठमाडौं । कावासाकी इन्डियाले डबल पर्पस मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले केएलएक्स २३० सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीले ३ लाख ३० हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर बिक्री सुरु गरेको हो ।
    हिरो एक्सपल्स २०० फोर भी प्रोसँग प्रतिस्पर्धा गर्ने कावासाकी केएलएक्स २३० एक्सपल्सको मूल्यभन्दा दोब्बर बढी मूल्यमा आएको हो । एक्सपल्स २०० फोर भी प्रोको मूल्य १ लाख ५१ हजार भारतीय रुपैयाँ रहेको छ ।

    भारतमा यसअघि डर्ट ट्रयाकका लागि मात्र उपलब्ध गराएको मोटरसाइकल अब रोड लिगल मोडलको रुपमा ‘केएलएक्स २३०’ आएको हो । कम्पनीले केही समय अघिमात्र भारतभर रहेको डिलरशिपहरूमा बुकिङ खुला गरेको थियो । केएलएक्स २३० एसमा स्पोक ह्वील, डूअल पर्पस टायर, रेज फ्रन्ट फेन्डर तथा सिंगल पिट सिट उपलब्ध छ ।

    images
    images

    यो मोटरसाइकलमा ३७ एमएम लामो ट्राभल सस्पेन्सन उपलब्ध छ । रियरमा भने एड्जष्टेवल ङ प्रि लोड सस्पेन्सन पाउन सकिन्छ । यसको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्चको टायर छ ।यसमा दुबै ह्रवीलमा डिस्क ब्रेकका साथ डूअल च्यानल एबीएस उपलब्ध छ । यो मोटरसाइकलमा २३९ एमएम ग्राउन्ड क्लियरेन्सका साथै ८४३ एमएम अग्लो सिट हाइट छ । यो मोटरसाइकलमा २३३ सीसी सिंगल सिलिन्डर एसओएसचसी, एयर कुल्ड इन्जिन दिनेछ । उक्त इन्जिनले १८.१ हर्सपावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

    प्रिमियम ब्राण्डको रुपमा आफ्नो परिचय बनाएको जापानी ब्राण्ड कावासाकी नेपाली बजारमा पनि आउँदै छ । यसलाई नेपाली बजारमा विशाल ग्रुपले बिक्री वितरण थाल्ने तयारी गरिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend