सहकारीको सिद्धान्त अनुरुप संचालन हुन नसकेका मुलकभर संचालित सहकारी संस्थाहरुको आर्थिक अवस्था डिसव्यालेन्स देखिएका छन ।
तर सहकारीको मुल्यमान्यता मर्म र सिद्धान्तलाई आत्म साथ गरेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको देखिएका छन् । त्यसका लागि सहकारीका शेयर सदस्यहरु नै सहकारीका मालिक र सहकारीको अनुगमन कर्ता भएकाले आफ्नो सहकारीको वारेमा जिज्ञासा राखिरहन जरुरी छ ।
बुटवलको सुख्खा नगरमा संचालित द्यौलागिरी बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवशको अवसरमा शुक्रवार तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मणिग्राम पश्चिममा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा खाद्यान प्रदान गरेको छ ।
सो समारोहमा सहकारीका अध्यक्ष गोबिन्द खनालले सहकारीको अवस्थाका वारेमा प्रकाश पादै सहकारीले सामाजिक उत्तर दाईत्व बहन गर्नु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्नका लागि अनाथ आश्रममा खाद्यान्य प्रदान गरिएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा रामचन्द्र मैनादेवी अनाथ आश्रमकी संचालिका मैनादेवि भण्डारीले समाजमा असल कार्य गर्न निकै कठिन हुने भन्दै द्यौलागिरी सहकारीले आश्रमलाई सम्झेर जुन आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिनु भयो । उहाँले सोही अवसरमा प्रमुख अतिथी रहनु भएका तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले आश्रमलाई गरेको हरेक सहयोगको सरहाना समेत गर्नुभयो ।
खाद्यान्य वितरण समारोहमा सहकारीका व्यवस्थापक पुजा ज्ञवाली शेयर सदस्यहरु कर्मचारीहरुको सहभागिता रहेको सचिव ठाकुर घिमिरेले बताउनुभयो ।




.gif)





