images

२०८३ आश्विन २५ गते

images
images
images

यस्ता छन होटल व्यवसायीका आगामी माैद्रिक नीति

यस्ता छन होटल व्यवसायीका आगामी माैद्रिक नीति

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • होटल व्यवसायीहरूले आगामी मौद्रिक नीतिका लागि सुझाव दिएका छन्।

    images
    images

    व्यवसायीहरूले पर्यटकले खर्च गर्न चाहे जति रकमको सटही सुविधा, विमानस्थलमा ड्युटी फ्री राख्नुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायत थुप्रै सुझावहरू दिएका छन्। 

    व्यवसायीले नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै नयाँ होटलका लागि थुप्रै लगानी गरेका छन्। तर, कोभिडले पर्यटक आगमन नहुँदा कर्जा तिर्न मुस्किल भएको बताउँदै आएका थिए। यसका लागि सरकारले कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिदिन सुझाव दिएका हुन्। 

    images
    images

    होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण पाण्डेले एउटा पर्यटकले दैनिक तीन सय डलर मात्र सटही गर्न पाउने लिमिट राख्नु गलत रहेको बताए।

    'पर्यटकको संख्या बढाउने र उनीहरूबाट हुने खर्च पनि बढाउने भनेर भन्ने अनि दैनिक तीन सयको मात्र सीमा राख्ने? यसरी कसरी बढ्छ खर्च,' उनले भने, 'अबको मौद्रिक नीतिले यसको सीमा खुल्ला गर्नुपर्छ।'

    त्यस्तै काठमाडौं मेरियटका सञ्चालक शशीकान्त अग्रवालले भारतीय पर्यटकका लागि मुद्रा सीमितता हटाउन सुझाव दिए।

    हाल भारतीय मुद्रा २५ हजार रूपैयाँभन्दा बढी ल्याउन मिल्दैन। यसलाई न्यूनतम दुई लाख रूपैयाँसम्म ल्याउन दिने व्यवस्था लागू गर्न आवश्यक रहेको उनले बताए। नेपालमा पाँच सय रूपैयाँको भारतीय नोट नचल्ने भएकोले एक सय रूपैयाँको भारतीय रकम लिएर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

    'नेपालमा पर्यटक वृद्धि भए पनि ४० प्रतिशत मात्र अकुपेन्सी छ,' उनले भने, 'नयाँ होटल आयो भने प्रतिस्पर्धा हुने देखिएको छ। पर्यटकलाई पनि नेपाली सरह नै सेवा शुल्क लागू गर्न आवश्यक छ।'

    होटल हिमालयका सञ्चालक दिनेश तुलाधारले होटल उद्योगले लिएको ऋणको पुनर्तालिकीकरण गर्न आवश्यक रहेको बताए।

    मेची क्राउनका सञ्चालक बलराम सापकोटाले भारतीय पर्यटकलाई राखिएको नगद सीमितताको कारण क्यासिनो सञ्चालन नै प्रभावित बनेको बताए। आगामी मौद्रिक नीतिमार्फत यो सीमितता हटाउनले सुझाव दिए।

    साथै, काठमाडौं लगायत विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा 'ड्युटी फ्री सप' राख्न आवश्यक रहेको उनीहरूको भनाइ छ।

    विशेष छुट दिएर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउनु पर्ने उनीहरूको सुझाव छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend