images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स...

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको जनाएको छ । उक्त मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो ।

    images
    images

    यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् । 

    बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् । बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागी भई यी विशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend