images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१को नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन थालेको छ।

    images
    images

    कम्पनीले आज एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षको २० प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरुको बैंक खातामा पठाउन थालिएको जानकारी गराएको हो। उक्त नगद लाभांश कम्पनीको गत पुस ६ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले पारित गरेको थियो।

    एनआईसी एसिया बैंकमा खाता हुने शेयरधनीहरुलाई पुस ६ गतेबाटै नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ। अन्य बैंक तथा वित्तीय संस्थामा खाता हुने शेयरधनीहरुको नगद लाभांश भने पुस ७ गतेदेखि पठाउन थालिसकिएको कम्पनीले जनाएको छ।

    images
    images

    आफ्नो बैंक खातामा लाभांश रकम प्राप्त भए नभउको यकिन गर्न पनि कम्पनीले आग्रह गरेको छ। यसका साथै भौतिक रुपमा कायम शेयरधनीहरुको हकमा आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्रै नगद लाभांश पठाइने कम्पनीले स्पष्ट पारेको छ।

    गत मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य भएका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend