images

२०८३ आश्विन १९ गते

images
images
images

रातारात सडक विभागले कालोपत्रे गरेको टेकु सडक एक महिना नहुँदै ठूलो खाल्डो

रातारात सडक विभागले कालोपत्रे गरेको टेकु सडक एक महिना नहुँदै ठूलो खाल्डो

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौं । सरकारी बजेट पचाउन आर्थिक बर्षको अन्तिम समयमा कालोपत्रे गरिएको टेकु सडकमा ठूलो खाल्डो देखिएको छ । 

    images
    images

    सडक विभागका अन्तरगत पर्ने त्रिपुरेश्वर–कालीमाटी सडक खण्डलाई असार पहिलो र दोस्रो साता रातारात कालोपत्रे गरिएको थियो । तर उक्त कालोपत्रे एक महिना नहुँदै केही ठाउँमा खाल्डो देखिन सुरु गरेको छ ।

    त्यसमा पनि टेकु विन्दुमा एउटा ठूलो खाल्डो परेको छ जुन दुर्घटनाको जोखिम समेत बनेको छ । टेकु अस्पताल छिर्ने ठाउँ नजिक उक्त खाल्डो बनेको हो । खाल्डोले सवारी साधानको आवजजावतमा समेत कठिनाई भएको छ । कालोपत्रे उक्किएर ग्राभेल समेत सडकमा छरप्रस्ट भएको छ । उक्त खण्डमा कालोपत्रे गर्दा झरी भइरहेको थियो । त्यसले गर्दा पनि कालोपत्रे गुणस्तरीय नभएको कुनसक्ने स्थानीय बताउँछन् । 

    images
    images

    यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । यही असारमा विभागले काठमाडौं उपत्यका भित्रका कालोपत्रे गरेका थुप्रै सडकमा खाल्डो देखिन थालेको छ । मुख्यतः असारे काम र खर्चले यस्तो समस्या देखिएको विज्ञहरु बताउँछन् । 

    नेपालमा आर्थिक बर्ष साउनदेखि सुरु भएर असारमा सकिन्छ । असारभित्र चालु आवको बजेट खर्च गरिसक्नुपर्ने कानुनी व्यवस्था हुन्छ । सोहीअनुसार बजेट खर्च गर्ने नाममा अन्तिम समय कालोपत्रे गर्ने नयाँ नभएर पूरानो प्रवृत्ति हो । अन्य विकास निर्माण कार्यमा पनि त्यही प्रवृत्ति छ । यसरी विकास गर्दा ठेकेदारदेखि सरकारी कर्मचारी र नेताहरु समेत मालामाल हुने अवस्था बन्छ । 

    आर्थिक बर्षको अन्तिममा आएर जब असारे बर्षा र झरी सुरु हुन्छ, तब मौसमको समेत प्रवाह नगरि जथाभावी र गुणस्तरहीन काम गरिन्छ र सरकारी भुक्तानी लिइन्छ । नेपालमा असार महिनामा मनसुन सुरु भइसकेका हुन्छ । मनसुनमा कालोपत्रे गर्दा गुणस्तर नहुने इञ्जीनियरहरु बताउँछन् । तर यो समस्या समाधान गर्न राजनीतिक तह, प्रशासन र निर्माण क्षेत्र तयार देखिन्न । 

     


     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend