images

२०८३ आश्विन १६ गते

images
images
images

एकैदिन २२ कम्पनीको साधारणसभा आह्वान

एकैदिन २२ कम्पनीको साधारणसभा आह्वान

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । दोस्रो बजारमा सूचीकृत २२ कम्पनीले एकैदिन साधारणसभा आह्वान गरेका छन् । विभिन्न मितिमा बस्नेगरी ती कम्पनीहरूले सोमबार साधारणसभाको घोषणा गरेका हुन् ।

    images
    images

     साथै ती कम्पनीहरूले प्रस्तावित लाभांश तथा साधारणसभा प्रयोजनको लागि बुक क्लोजको मिति तय समेत गरेका छन् ।

    नेप्सेका अनुसार यसरी साधारणसभा आह्वान गर्ने कम्पनीहरूमा विजय लघुवित्त, सिनर्जी पावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, कालिका पावर कम्पनी, कालिन्चोक दर्शन, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, हिमालयन बैंक छन् । 

    images
    images

    त्यस्तै, गुडविल फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, गुडविल फाइनान्स, गरिमा विकास बैंक, इमर्जिङ नेपाल, डोल्टी पावर, चिलिमे हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर, भुगोल, आत्मनिर्भर लघुवित्त र कृषि विकास बैंक रहेका छन् ।

    पब्लिक कम्पनीले साधारणसभा आह्वान गर्नुभन्दा कम्तीमा २१ दिनअघि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था कम्पनी ऐनमा छ । त्यस्तै, त्यस्ता संस्थाले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था समेत ऐनमा छ । 

    यो अनुसार पुस मसान्तसम्म सधारणसभा गरिसक्नुपर्छ । जसका लागि बुधबारसम्म साधारणसभा आह्वान गरिसक्नुपर्ने व्यवस्था छ । साधारणसभाको आह्वानको मिति गुज्रिँदै जाँदा आह्वान गर्ने कम्पनीको संख्या बढेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend