images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • औपचारिक रुपमा नेपालबाट एघार महिनामा बाहिरियो...

औपचारिक रुपमा नेपालबाट एघार महिनामा बाहिरियो पौने ६ अर्ब रेमिट्यान्स

औपचारिक रुपमा नेपालबाट एघार महिनामा बाहिरियो पौने ६ अर्ब रेमिट्यान्स

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौं । चालु आर्थिक बर्ष २०८०(८१ को ११ महिनामा नेपालबाट पाँच अर्ब ७८ करोड ७१ लाख रुपियाँ रेमिट्यान्स बाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

    images
    images

    तर, यो गत आवको सोही अवधीको तुलनामा ४।७ प्रतिशतले कम हो । गत आवको ११ महिनामा नेपालबाट ६ अर्ब ६ करोड ९७ लाख रुपियाँ रेमिट्यान्स बाहिरीएको थियो । गत आव भरीमा ६ अर्ब ६१ करोड २८ लाख रुपियाँ रेमिटयान्स बाहिरीएको थियो ।

    नेपालमा रेमिट्यान्स आप्रवाह उच्च हुने गर्छ । बर्षेनी कुल ग्राहस्थ उत्पादन ९जीडीपी० को २३ प्रतिशत बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको देखिन्छ । गत आवमा १२ खर्ब २० अर्ब रुपियाँ नेपाल रेमिट्यान्स भित्रिएको थियो । चालु आवको जेठ मसान्तसम्म पनि १३ खर्ब २७ अर्ब ५० करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यसरी नेपालीले विदेशमा काम गरेर पठाउने रेमिट्यान्स बर्षेनी बढ्दै गएको छ । सोही मुलुक अर्थात् नेपालबाट पनि रेमिट्यान्स बाहिरी गर्छ । यद्यपि, यो रकमको आधारमा भने कम नै छ ।

    images
    images

    नेपालमा श्रम स्वीकृत लिएर काम गर्न आएका विदेशी कामदारले कमाएको पैसा आफ्नो देश पठाएका हुन् । हालसम्म नेपालमा झण्डै २१ हजार विदेशीलाई काम गर्न श्रम इजाजत दिएको छ । नेपालमा विशेषगरि चीन, लण्डन, अमेरिका, कोरिया, जापान र भारतबाट धेरै कामदार आउने गर्छन् । पछिल्लो समय जलविद्युत् परियोजनाको निर्माणमा चिनियाँ प्राविधिक कामदारको उपस्थीति बढ्दो छ । यसैगरि बिभिन्न पुर्वाधार परियोजनाको निर्माणमा पनि विदेशी प्राविधिक कामदारको उपस्थीति बढ्दो छ । यसका अलावा नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनी तथा परियोजनामा पनि विदेशी कामदार छन् । यसका अलावा नेपालका कम्पनी, उद्योग, परियोजनाले पनि विदेशबाट प्राविधिक तथा विज्ञ कामदार ल्याएर काम गरिरहेका छन् ।

    यद्यपि, नेपालदेखि अनौपचारिक माध्यमबाट पनि रेमिट्यान्स बाहिरीने गरेको  छ । बिशेषगरि नेपालबाट भारतमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स जाने गर्छ । किनकी, भारतका थुप्रै नागरिक नेपालमा आएर अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरुले श्रम इजाजत पनि लिएका छैनन् । त्यस्ता कामदारले यहाँ कमाएको पैसा औपचारिक माध्यमबाट पठाउन पाउदैनन् । उनीहरुले नगदकै रुपमा आफ्नो देश पैसा पठाउने गर्छन् । त्यसरी पनि नेपालबाट भारत जाने रेमिट्यान्स धेरै भएको जानकारहरु बताउछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend