images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत...

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत नगद लाभांश

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत नगद लाभांश

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विराटनगरस्थित एक होटलमा कम्पनीले साधारणसभा गरेको हो ।

    images
    images

    सभाले कम्पनीको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ।

    सभाले आर्थिक वर्ष २०८०।८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) पारित गरेको छ । जसअनुसार कुल एक अर्ब २३ लाख ८९ हजार ५५९ रूपैयाँ ४९ पैसा नगद लाभांश वितरण गरिनेछ।

    images
    images

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आर्थिक वर्ष २०८०।८१ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ।

    सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । 

    साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा अन्य अतिथिहरूको उपस्थिति थियो ।

    कम्पनीका अध्यक्ष भट्टराईले साधारण सभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ र कम्पनीका कर्मचारीहरूको मेहनतलाई दिए । 

    साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए। सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन्।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्‍याएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend