images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो...

मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन क्षमता दोब्बरले बढाउने

मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन क्षमता दोब्बरले बढाउने

images
images
शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन क्षमता दोब्बरले बढाउने भएको छ । कम्पनीका कार्यकारी निर्देशक राहुल भारतीले सन् २०३० सम्म आफ्नो कम्पनीले उत्पादन क्षमता दोब्बर बढाउने बताएका हुन् ।

    images
    images

    भारतीय समाचार संस्था एएनआईका अनुसार हाल उक्त कम्पनीको उत्पादन क्षमता प्रतिवर्ष २० लाख कार रहेको छ । सन् २०३० सम्म यो बढेर ४० लाख कार प्रतिवर्ष पुग्ने अपेक्षा गरिएको छ ।

    कम्पनीले इतिहासमै पहिलो पटक यस वर्ष २० लाख एकाइ कार उत्पादन गर्न सफल भएको हो । एएनआईसँगको कुराकानीका क्रममा कार्यकारी निर्देशक भारतीले यस वर्ष भित्र २० लाख कार उत्पादन गर्ने लक्ष्य गत डिसेम्बर १६ का दिन पूरा भएको जानकारी दिए ।

    images
    images

    उनले भारतको घरेलु बजारको मागलाई धान्नका साथै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि पनि उत्पादन वृद्धिमा जोड दिइएको उल्लेख गरे । यसअघि भारतीले आर्थिक वर्ष २०३०–३१ सम्म वार्षिक रूपमा ८ लाख कार निर्यात गर्ने लक्ष्य राखेको बताएका थिए । हाल कम्पनीले वार्षिक रूपमा ३ लाख कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend