images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी...

एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई सम्मान

एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई सम्मान

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत कलुवापुर शाखाले नियमित किस्ता बुझाउँदै आएकी सदस्यलाई सम्मान गरेको छ। 

    images
    images

    उक्त शाखाको केन्द्र नं. ०१६ मा आबद्ध सदस्य द्रोपती जोशीले संस्थाबाट लिएको ३ लाख रुपैयाँ कर्जा नियमित किस्ता बुझाउँदै चुक्ता गरेकी हुन् । यस उपलब्धिको सम्मान स्वरूप जोशीलाई टीका लगाई सम्मान गरे भने शाखा प्रमुख पार्वती बोगटीले ३,६०० रुपैयाँ नगद प्रोत्साहन रकम हस्तान्तरण गरिन्।

    संस्थाले नियमित कर्जा भुक्तानी गर्ने सदस्यहरूलाई यसरी प्रोत्साहित गर्दै आएको छ, जसले सदस्यहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै वित्तीय अनुशासनलाई प्रोत्साहन गर्दछ।

    images
    images

    शाखा प्रमुख बोगटीका अनुसार, यस्ता प्रोत्साहन कार्यक्रमहरूले सदस्यहरूलाई समयमै कर्जा भुक्तानी गर्न उत्प्रेरित गर्ने र संस्थाको सेवा प्रभावकारिता बढाउने उद्देश्य राखेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend