images

२०८३ आश्विन २५ गते

images
images
images

मधेस प्रदेशको उन्नाइस अर्ब बढी बजेट फ्रिज

मधेस प्रदेशको उन्नाइस अर्ब बढी बजेट फ्रिज

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • जनकपुर । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये १९ अर्ब ५२ करोड ६६ हजार ३ सय ६८ रुपैयाँ फ्रिज भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन गरेको बजेटको ठुलो हिस्सा फ्रिज भएको हो ।

    images
    images

    चालु आवमा मधेस प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । गत साउन १ देखि असार २४ गते मध्य रातिसम्म चालुतर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    यो खर्च कुल बजेटको ५५.७५ प्रतिशत हो । चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ५०.१४९ प्रतिशत हो । पुँजीगततर्फ करिब ६० प्रतिशत खर्च भएको छ ।

    images
    images

    प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख डा। वीरेन्द्र कुमार मिश्रकाअनुसार पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ । यो खर्च ५९.८१३ प्रतिशत रहेको छ ।

    यसअघि आर्थिक वर्ष २०७९/०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कूल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२.५८ प्रतिशत रकम फ्रिज भएको थियो ।

    मधेस प्रदेश सरकारको ठुलो प्रतिशत बजेट फ्रिज हुनुमा पटक पटक सरकारको मन्त्रीहरूको फेर बदल तथा कर्मचारीको सरुवा नै प्रमुख कारणको रूपमा रहेको तत्कालीन सरकारका मन्त्रीहरूको दाबी रहेको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । जहाँ ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैयाँ बजेट मात्र खर्च भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend