images

२०८३ आश्विन २५ गते

images
images
images

२९ महिनायताकै कर्जाको ब्याजदर सस्तो

२९ महिनायताकै कर्जाको ब्याजदर सस्तो

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • गत जेठमा ऋणीहरूले २९ महिनायताकै सस्तो ब्याजदरमा कर्जा पाएका छन्।

    images
    images

    राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको तथ्यांक अनुसार कर्जाको ब्याजदर २९ महिना यताकै सस्तो भएको हो।

    राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा औसत १०.१७ प्रतिशत ब्याजदर तोकेका छन्।

    images
    images

    कर्जाको ब्याजदर २०७८ पुस यता कै सस्तो हो। सो समय पुसमा कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो।

    त्यसपछि यस्तो ब्याजदर बढेर २०७९ माघमा १३.०३ प्रतिशतसम्म पुगेको थियो। कर्जाको ब्याजदर यो अवधिमा करिब २२ प्रतिशत विन्दुले घटेको हो।

    ब्याजदर घटे पनि कर्जाको वृद्धिदर भने बढ्न सकेको छैन।

    वैशाखमा बैंकहरूले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४.७ प्रतिशत रहेकोमा जेठमा भने ५.१ प्रतिशतले बढेको छ।

    गत साउनदेखि वैखाससम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा दुई खर्ब २५ अर्ब रूपैयाँ पुगेकोमा जेठमा आइपुग्दा दुई खर्ब ४६ अर्ब पुगेको हो।

    जेठसम्ममा कुल कर्जा लगानी ५० खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ। उठ्न बाँकी ब्याज सहित यस्तो लगानी ५२ खर्ब १८ अर्ब रूपैयाँ छ।

    कर्जाको ब्याजदर सस्तो हुँदा यसको लाभ सेयर कारोबारी र घर जग्गा बनाउने ऋण लिनेहरूले धेरै पाएको देखिन्छ। सेयरको धितोमा जाने कर्जा साउनयता १४.१५ प्रतिशतले बढेर ८७ अर्ब ११ करोड रूपैयाँ पुगेको छ। 

    त्यस्तै, दुई करोडसम्मको आवासीय घर कर्जा १०.७ प्रतिशतले बढेर तीन खर्ब ८५ अर्ब रूपैयाँ पुगेको छ। 

    चालु पुँजी कर्जा, अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा घटे पनि आवधिक कर्जा, क्यास क्रेडिट कर्जामा पनि वृद्धि देखिएको छ।

    त्यस्तै, निक्षेपको ब्याजदर पनि ३१ महिना यताकै न्यून भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले जेठ महिनामा निक्षेपमा औसत ६.१७ प्रतिशत ब्याजदर दिएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend