images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब’ सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

    कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबै अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित हुने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।अध्यक्ष सिंहले गत आर्थिक वर्षमा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशत वृद्धि हासिल गर्नुमा अभिकर्ताको योगदान महत्वपूर्ण रहेको बताएकी थिइन्।

    images
    images

    उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको बताइन्।प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी नयाँ अभ्यास सुरू गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए।

    अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए।

    कार्यक्रममा आ.व. २०८०/८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ.व. २०८०/८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो।यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

    सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend