images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • ५ हजारसम्मको नगद तथा उपहार दिने...

५ हजारसम्मको नगद तथा उपहार दिने भन्दै गरिएको प्रचार झुटो हो: नेपाल टेलिकम

५ हजारसम्मको नगद तथा उपहार दिने भन्दै गरिएको प्रचार झुटो हो: नेपाल टेलिकम

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रूपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको' भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।

    images
    images

    नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा अनुरोध गरेको हो । 

    नेपाल टेलिकमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई  मात्र  आधार  मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ ।'

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend