बुटवल। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा बुधबारदेखि २४ औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा सुरु मेलामा पाँच सय स्टल रहेका छन् ।
दर्शकलाई सहजरुपमा अवलोकनका लागि मेलामा सहभागी स्टलहरुहरुलाई वस्तु तथा सेवाको प्रकृति अनुसार औद्योगिक उत्पादन, कृषि, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, फूड एण्ड वेभरेज, अटोमोवाईल्स र होटलका छुट्टाछुट्टै १० वटा पेभिलियन बनाइएका छन् ।पुस ३ गतेदेखि १६ दिनसम्म सञ्चालन हुने मेलाको ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने आयोजकको अपेक्षा छ ।
मेला अवधिमा उद्योग, बाणिज्य, पर्यटन क्षेत्रका समस्या,सम्भावना र चुनौतिका विषयमा विषयविज्ञहरुको सहभागितामा गोष्ठी हुने आयोजकले संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हाँस्यव्यग्य प्रतियोगिता, बाल उद्यान, वाटर टनेल, व्यूटि शो र टिकटक प्रतियोगिता र राष्ट्रियस्तरका तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति आकर्षणका रुपमा रहेका छन् ।मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।




.gif)





