images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • अब शिक्षकले पनि मासिक तलब पाउनेछन्...

अब शिक्षकले पनि मासिक तलब पाउनेछन् : शिक्षामन्त्री भट्टराई

अब शिक्षकले पनि मासिक तलब पाउनेछन् : शिक्षामन्त्री भट्टराई

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन्। बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन्।

    images
    images

    ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो’, उनले भनिन्, ‘हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौं।’साथै, उनले विद्यालय शिक्षकको दरबन्दी पुनरवलोकन गरिने बताइन्। बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको मन्त्री भट्टराईले जानकारी दिइन्। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिनुभएको उनको भनाइ छ।

    ‘आयोगको म्याद हामीले दुईपटक थप गर्‍यौं। तर, आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ’, उनले भनिन्, ‘आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ। ’रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend