काठमाडाैं ।अहिलेहाल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल भइरहेको छ, जसले कलालाई नवीनतम स्वरूप दिएको छ ।ताइवानकी एक महिला कलाकार ‘यी फेई चेन’ले आफ्नो आँसु जम्मा पारी जमाएर प्रहार गर्न मिल्ने बन्दुक डिजाइन गरेकी हुन् । चर्चा सोही बन्दुकबारे हो ।
जमाइएको आँशु बन्दुकमा राखी चोट पुराउनेहरूलाई प्रहार गर्न मिल्छ । यो अनुपम र रचनात्मक कलाकृति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पक्कै पनि मानिसहरूले यस्तो नवीनता विरलै देखेका छन् ।यी फेई चेनले यो अनौठो बन्दुक तब डिजाइन गरिन्, जब एक शिक्षकसँग असाइनमेन्टबारे बहस भयो। त्यो बहसका क्रममा उनी निकै भावुक भइन्, उनको आँखाबाट आँशु नै रोकिएन । उनी त्यहाँबाट बाहिरिइन् ।
एकछिन पछि उनले महसुस गरिन् कि आँसुले भावनालाई मात्र होइन, उनको कमजोरी पनि झल्काउँदै थियो । त्यहीँबाट उनलाई ‘गन अफ टियर्स’ को आइडिया आयो ।चेनद्वारा डिजाइन गरिएको यो बन्दूकको काम अद्वितीय छ। यो बन्दुकले कुनै पनि व्यक्तिको आँसु सङ्कलन गर्न सक्छ र त्यसपछि तिनीहरूलाई फ्रिज गर्छ ।
जब आँसु बरफमा परिणत हुन्छ, सो बरफलाई बन्दुकमा राखेर मानिसको भावनामा चोट पुर्याउनेमाथि प्रहार गरिन्छ । यो बन्दुकले प्रतीकात्मक रूपमा भावनाहरूलाई व्यक्त गर्दछ, जुन दुःख र पीडाको समयमा मानिसहरूले अनुभव गर्छन्।




.gif)





