images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • ललितपुरमा उत्कृष्ट करदाताका रूपमा एनसेल ...

ललितपुरमा उत्कृष्ट करदाताका रूपमा एनसेल सम्मानित

ललितपुरमा उत्कृष्ट करदाताका रूपमा एनसेल सम्मानित

images
images
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेल सबैभन्दा बढी कर तिरेकामा सम्मानित भएको छ।

    images
    images

    गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकामा ललितपुर महानगरपालिकाले मंगलबार एनसेललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन्।

    सबैभन्दा बढी कर तिरी ललितपुर महानगरको विकास र समृद्धिमा योगदान पुर्‍याएकाले एनसेललाई सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरले जनाएको छ। लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा स्थापित रहँदै आएको छ।

    images
    images

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ठूलो करदाताका रूपमा एनसेलले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजस्वमा ठूलो योगदान गरेर देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गरेको बताए। उनले महानगरबाट सम्मानित हुन पाउँदा गर्व लागेको पनि बताए।

    एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्म सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा तीन खर्बभन्दा बढी तिरेको जनाएको छ। यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका एक करोड ३० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend