images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • निजी क्षेत्रहरूले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग...

निजी क्षेत्रहरूले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको छ : अध्यक्ष ढकाल

निजी क्षेत्रहरूले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको छ : अध्यक्ष ढकाल

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार एक विशेष समारोहकाबीच नाडा अटोमोवाईल्सले आफ्नो ४८ औँ वार्षिकोत्सव मनाएको हो । 

    images
    images

    ४८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्ययक्ष चन्द्रप्रसाद ढकालले नाडाले देशको राजश्वमा सहयोग पुर्याएको बताएका छन् । उनले देशको अर्थिक अवस्था राजश्व संकलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।

    उनले भने, “नाडाले देशको चाँही खास गरेर यो राजश्वको कन्ट्रिभ्युसनमा धेरै ठूलो योगदान पुर्याएको छ । २० देखी २१ प्रतिशत राजश्वको कन्ट्रिभ्युसनको काम नाडाले गरिहेको छ । साथसाथै  बैंक, रोजगारीदेखी लिएर राजश्व कन्ट्रिभ्युसनमा नाडाले धेरै नै महत्वपूर्ण सहयोग पुर्याएको छ ।” 

    images
    images

    साथै, उनले निजी क्षेत्रहरूले अर्थतन्त्रलाई बढाउन धेरै सहयोग पुर्याएको बताए । उनले दुई ठूला पार्टीका नेताहरू मिलेर सरकार बनेपछि निजी क्षेत्रको लागि अलिकति नीति नियम आउनेमा विश्वास लिएको बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend