images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सिएफ मोटो तथा जिहो टु ह्विलर्सको...

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं - सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर विस्तार गरेको छ ।कम्पनीले हेटौंडामा पाँचौं डिलर विस्तार गरेको हो । डिलरको शनिवार एक कार्यक्रमबिच उद्घाटन गरिएको छ ।यति मोटर्स हेटौंडा अब सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको हो । बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक इश्वर श्रेष्ठले सिएफ मोटो र जिहो दुवै ब्राण्ड हेटौंडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे । राम्रो ब्राण्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बिक्री पछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौँ,’ उनले भने ।शोरुममा सिएफ मोटोको एनके २५० तथा जिहो ब्राण्डको एई ६ प्लस, एई ६ प्लस एलआर, एई ४ तथा एई ४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ । शोरुममा आएर ग्राहकले यी ब्राण्डको बाइक तथा स्कुटर टेष्ट्र ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

    शोरुम उद्घाटनको अवसरमा सिएम मोटो र जिहोका बाइक तथा स्कुटरको र्यालीसमेत आयोजना गरिएको थियो । शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको थियो ।सिएफ मोटोको २५० सिसी क्षमताको एनके २५० युवा पुस्ता माझ लोकप्रिय छ । यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ । टर्क २२ एनएम, डुवल च्यानल एबिएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलइडी डिस्प्ले लगायतका विशेषता यो बाइकमा उपलब्ध रहेको जनाइएको छ ।

    images
    images

    त्यस्तै जिहोको हालै बजारमा आएको एई ४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतका विशेषता पाउन सकिन्छ ।हेटौंडास्थित स्थानीय व्यवसायी, बैंकर्श, रिकण्डिशन व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend