images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स ...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स अफर सञ्चालनमा

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स अफर सञ्चालनमा

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ । यस योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्छ । शनिबारका दिनमात्र उपलब्ध हुने यस अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

    images
    images

    मंसिर २२ बाट सञ्चालनमा आएको यो अफर पुस १३ सम्म लागु रहनेछ । यस अवधिको हरेक शनिबार ग्राहकहरूले सधैँ अनका निश्चित प्याक र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् । प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् ।

    NCELL-1734250750.png
    यस अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नुपर्छ ।

    images
    images

    प्रत्येक शनिबार ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल्स सेक्सनमा गई सधैँ अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिदपछि तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् । यो अफर सधैँ अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरू र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरूमा उपलब्ध रहेको छन् ।

    प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि रु ३९९ को सधैँ अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै, तीन दिनको समयसीमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

    यस अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकाले यसले विशेष महत्त्व राख्ने एनसेलले जनाएको छ । सधैँ अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend