images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको...

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • काठमाडौंः नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ।

    images
    images

    संघको शुक्रबार भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।

    अध्यक्षमा निर्वाचित शर्माले २१५० मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र बसन्ती थापाले २८२ मत ल्याएकी छिन्।

    images
    images

    वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बाले जित हासिल गरेका छन्। सुब्बाले २०६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत ल्याएकी छिन्।

    उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।

    महासचिवमा देवकुमारी आचार्यले जित हासिल गरेकी छिन्। आचार्यले १७३३ मत ल्याउँदै जित हासिल गरेकी हुन्। उनकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ।

    यस्तै सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।

    कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी भएकी छिन्। अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याएकी छिन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend