images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै...

सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै २५ हजार रुपैयाँ जरिवाना

सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै २५ हजार रुपैयाँ जरिवाना

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

    images
    images

    महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसनलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्‍याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसन माथि आरोप छ ।

    काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ । यसै गरी जथाभावी फोहोर फाल्ने दानकाजी श्रेष्ठलाई पनि महानगरले नगद जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका १६ निवासी श्रेष्ठ १० हजार रुपैयाँ जरिवानामा परेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend