images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स...

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स सार्वजनिक

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक बिएससिक्स सार्वजनिक

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं ।  नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि., ले चितवनमा एक विशेष समारोहका बीच टाटा म्याजिक बिएससिक्स सार्वजनिक गरेको छ।

    images
    images

    कार्यक्रममा चितवन यातायात प्रा.लि.का अध्यक्ष खेम बहादुर आले, भरतपुर महानगर यातायात प्रा.लि.का अध्यक्ष चिनी बहादुर बोहरा, छाहारी यातायात प्रा.लि.का अध्यक्ष बद्री प्रसाद पौडेल, सार्वजनिक मकवानपुर यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र बाहादुर कार्की, सार्वजनिक ओम शान्ति यातायात प्रा.लि.का अध्यक्ष प्रदीप राज हमाल, पूर्व चितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ, र त्रिनेत्र चितवन यातायात प्रा.लि.का अध्यक्ष कपिल पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

    विशिष्ट अतिथिहरूले टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे ।टाटा म्याजिक बिएससिक्स गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५(स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बार जस्ता विशेषताहरू छन्। 

    images
    images

    यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्दछ।

    सिप्रदी ट्रेडिङ्गका एजिएम (सिभीबीयू) कृष्ण चन्दले आफ्नो धारणा व्यक्त गर्दै भने, “चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बिएससिक्सले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ। यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ। सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ, र यसै लक्ष्यले हामी यहाँ यो गाडी प्रस्तुत गरेका छौँ।”

    कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले भने, “टाटा म्याजिक बिएससिक्स सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल हो। यसमा अत्याधुनिक द्यक्ट प्रविधिको प्रयोग गरिएको छ, जसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्दछ। साना व्यवसायीहरूलाई लक्षित गरी निर्माण गरिएको यस गाडीले व्यवसायलाई किफायती, सुरक्षित, र दिगो बनाउन ठूलो सहयोग पुर्‍याउनेछ।”सिप्रदी ट्रेडिङ्गले यसअघि नै नेपालमा ४ हजारभन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ, जसले बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend