images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल भित्रने पर्यटकले भन्दा बाहिर घुम्न जाने नेपालीले गर्ने खर्च ४१ अर्ब रुपैयाँ बढी

नेपाल भित्रने पर्यटकले भन्दा बाहिर घुम्न जाने नेपालीले गर्ने खर्च ४१ अर्ब रुपैयाँ बढी

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । नेपाल घुम्न आउने पर्यटकले भन्दा बाहिर जाने नेपालीले गर्ने खर्च ४१ अर्ब ४७ करोड रुपैयाँले बढी देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपाल भित्रने पर्यटकबाट भएको आम्दानी २६ अर्ब ८४ करोड रुपैयाँ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

    images
    images

    नेपाल भ्रमणम आउँदा पर्यटकले गर्न खर्च गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासको तुलनामा यो वर्षको सोही अवधिमा ३.८ प्रतिशतले बढेको देखिएको छ गत वर्ष नेपाल आएका पर्यटकले गरेको भ्रमण आय २५ अर्ब ८७ करोड रुपैयाँ थियो ।

    तथ्यांक अनुसार स्वादेश भित्रने पर्यटकले गरेको खर्चको तुलनामा बाहिर जाने नेपालीले गर्ने खर्च साढे २ गुणा बढी छ । यस्तो तथ्यांक अनुसार नेपाल आउने पर्यट गरेको खर्चका आधारमा तय भएको भ्रमण आय करिब २७ अर्ब रुपैयाँ हुँदा नेपाल बाहिर जाने नेपालीले गरेको खर्च भ्रमण व्यय भने ६८ अर्ब रुपैयाँ पुगेको छ ।

    images
    images

    नेपाल आउने पर्यटकले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकट भएर बाहिर जाने खर्चको आकार यनकै ठूलो छ । नेपाल राष्ट्र बैंकबाट डलर सटहीको सुविधा लिएर जाने नेपालीले गरेको खर्चको आधारमा भ्रमण व्यय निकालिएको छ भने स्वदेश भित्रिएका पर्यटकले गरेको खर्चका आधारमा राष्ट्र बैंकले भ्रमण आय तय गरेको छ ।नेपालबाट चालु आर्थिक वर्षको कात्तिकसम्ममा ६८ अर्ब ३१ करोड रुपैयाँ रकम भ्रमण व्ययका रुपमा बाहिरिएको छ । यस्तो रकम अघिल्लो वर्ष सोही अवधिमा ६१ अर्ब ९२ करोड रुपैयाँको तुलनामा १०.३ प्रतिशतले भ्रमण व्याय बढेको देखिएको छ ।

    तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासमा नेपालबाट घुम्न जाँदा भएको खर्च अघिल्लो वर्षको सोही अवधिमा १०.३ प्रतिशतले बढको पनि तथ्यांकले देखाएको छ ।यस अघि २०७९ को पहिलो चार महिनामा भने भ्रमण आय १७ अर्ब ४९ करोड रुपैयाँ मात्रै थियो भने सो वर्ष भएको भ्रमण व्याय ३७ अर्ब ५४ करोड रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष सेवाआय २८७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेकोमा चालु आवमा घाटा कम हुँद सेवा आयमा सुधार आएको भने देखिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend