images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा बीवाईडी एम६ को बुकिङ...

नेपाली बजारमा बीवाईडी एम६ को बुकिङ खुला, के के छन् विशेषता ?

नेपाली बजारमा बीवाईडी एम६ को बुकिङ खुला, के के छन् विशेषता ?

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी बीवाईडी एम६ को बुकिङ खुला गरिएको छ । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यस प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको बुकिङ खुलाएको हो । कम्पनीका अनुसार बीवाईडी एम६ उत्कृष्ट कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको छ ।

    images
    images

    नेपाली बजारमा यस गाडीको सुरुवाती मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ । हाल बुकिङ गर्ने ग्राहकले सीमित समयका लागि एक लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । बीवाईडी एम६ मा ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटरसम्मको फ्लेक्सिबल लगेज क्यापासिटी छ ।  यसमा १०० किलोवाटको हाई-पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटरको डब्लुएलटीसी रेन्ज छ, जसले लामो दूरीको यात्रा र अपहिल ड्राइभलाई सहज बनाउने कम्पनी बताउँछ ।

    कम्पनीका अनुसार बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसबाट ३७.४ मिनेटमै ब्याट्री फुल चार्ज हुन्छ । गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, पार्किङ सेन्सरजस्ता एडभान्स्ड सेफ्टी फिचर रहेका छन् ।यसमा १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल टु एडास टेक्नोलोजी समावेश गरिएको छ ।

    images
    images

    ग्राहकले डिसेम्बर २४ (पुस ९) सम्म बुकिङ गरे नगद छुटको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend